धनगढी।सुदूरपश्चिम प्रदेश सरकारले भोलि (शुक्रबार) सार्वजनिक बिदा दिएको छ।रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश राजपत्रमा नै चैत ८ गते प्रदेश बिदा रहेको उल्लेख छ।

रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रुपमा मनाउने गरेका छन्। राना थारूको धार्मिक एवं सांस्कृति महत्व बोकेको खखडेहरा पर्वको आफ्नै माैलिकता रहेकाे छ । खखडेहरा पर्वका दिन बिहानै गाउँभरिका मानिसहरु भेला भएर खखडेहरा फुटाउन गर्छन् भने आफ्नो समुदायका नागरिकहरुको रोगब्याधी नलागोस् भनेर गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने प्रचलन छ ।