काठमाडौँ । अमेरिकी शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेका छन । कार्यकारी आदेशमा अधिकारीहरूलाई शिक्षा मन्त्रालयलाई हटाउन सुरु गर्न निर्देशन दिइएको छ ।
२०२४ को चुनावी अभियानमा ट्रम्पलेगरेको वाचा अनुसार नै शिक्षा मन्त्रालय खारेज गरिन लागिएको हो ।सकेसम्म छिटो मन्त्रालय बन्द गर्ने छौ बिहिबार कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि राष्ट्रपति ट्रम्पले भनेका छन ।
यो मन्त्रालय राखेर कुनै पनि लाभ र फाइदा नभएको उनले दावी गरे । ट्रम्पले लामो समयदेखि यस मन्त्रालयलाई हटाउनको लागि आह्वान गर्दै आएका थिए ।