काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।
शुक्रबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७६ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको ३५ रुपैयाँले घटेको छ । बिहीबार तोलामा २ हजार ३० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार १ हजार ९९५ रुपैयाँमा कायम भएको छ ।