काठमाडौं । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् ।
सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो ।प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरे ।
यी हुन् पुरस्कृत भएका १० जना
- टेलिमेडिसिनतर्फ डा छिरिङ लामा (सिन्धुपाल्चोक)
- विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ)
- कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा)
- विज्ञान प्रविधितर्फ डा आभास मास्के (काठमाडौं)
- विज्ञान प्रविधितर्फ हरिराम श्रेष्ठ (गोरखा)
- चिकित्सा क्षेत्रतर्फ डा ओममूर्ति अनिल (महोत्तरी)
- खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ)
- सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर)
- समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौं)
- समाजसेवातर्फ रामजी अधिकारी (गोरखा)
नवप्रवर्तन क्षेत्रका प्रतिभावान नागरिकलाई प्रोत्साहन गर्न २०७५ मङ्सिर १७ गतेको मन्त्रिपरिषद् बैठकले उक्त पुरस्कार स्थापना गर्ने निर्णय गरेको थियो ।