काठमाडौँ । आँउदो अप्रिल ९ देखि लागु हुने गरी यूकेले आप्रवासन आवेदनसँग सम्बन्धित धेरै शुल्कहरूमा वृद्धि गर्ने भएको छ। यसमा स्पन्सरसिप प्रमाणपत्र, दक्ष कामदार भिसा, भिजिट भिसा र इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन लगायतका शुल्कहरू समावेश छन्।
यो परिवर्तनले रोजगारदाताहरूलाई कामदार राख्नका लागि बजेट पुनरावलोकन गर्नुपर्ने अवस्था आउन सक्छ। सम्भव भएसम्म रोजगारदाताहरूलाई अप्रिल ९, २०२५ भन्दा पहिले नै आवेदन पेश गर्न सल्लाह दिइएको छ। शुल्कहरूमा वृद्धि पहिलेदेखि नै अनुमान गरिएको थियो ।
नयाँ शुल्क हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्