काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबा, हैटी, निकारागुआ र भेनेजुएलाबाट आएका ५ लाखभन्दा बढी आप्रवासीको अस्थायी कानुनी स्थिति रद्द गर्ने बताएको छ।
संघीय सरकारले जारी गरेको सूचना अनुसार, कानुनी आधारबिना अमेरिकामा बसोबास गरिरहेका आप्रवासीहरूलाई आफ्नो कार्य अनुमति (वर्क परमिट) र देशनिकाला नगर्ने सुरक्षा खारेज गर्नुअघि देश छोड्न चेतावनी दिइएको छ।
बाइडेन प्रशासनको अधीनमा सीएचएनभी नामक कार्यक्रम अन्तर्गत ५ लाख ३० हजार आप्रवासीलाई अमेरिका ल्याइएको थियो।यो कार्यक्रम कानुनी बसाइँसराइको बाटो खोल्नका लागि थियो। तर ट्रम्प राष्ट्रपति बन्नासाथ यो कार्यक्रम स्थगन गरेका हुन्। त्यहाँको सङ्घीय सरकारले २४ अप्रिलमा उनीहरू अवैध हुने हुँदा त्यस अघि नै अमेरिका छाड्न सूचना जारी गरिएको छ।