काठमाडौँ । केही दिनयता देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । शनिबार नेपालगञ्ज र धनगढीको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरेन्द्रनगर, जनकपुर र भैरहवामा अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ । यसैगरी घोराही र सिमरामा ३१ डिग्री सेल्सियस तथा दिपायलमा ३० डिग्री सेल्सियस तापक्रमसम्म पुग्ने पूर्वानुमान छ ।
