काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएको उच्चस्तरीय समितिले यही ३१ मार्चभित्र सदस्यता लिएर वा नवीकरण गरेर महाधिवेशनको लागि प्रतिनिधि बन्न पुनः आह्वान गरेको छ ।
शुक्रबार भर्चुअल माध्यमबाट आयोजित एनसीसी र अभियन्ताहरूसँगको अन्तरक्रियामा उच्चस्तरीय समितिका अध्यक्ष डा। शेष घलेले विशेष परिस्थितिका कारण सबै दर्ता भएका सदस्यहरू स्वतः डेलिगेट बन्न पाउने जानकारी गराए । साथै, उनले मे ३–५, २०२५ मा काठमाडौंमा हुने महाधिवेशनमा सहभागी हुन संसारभरका एनआरएनहरूलाई आग्रह पनि गरे ।
उच्चस्तरीय समितिकी सदस्य सचिव तथा केन्द्रीय प्रचारप्रसार संयोजक रविना थापाले २०२३–२५ का लागि वैध सदस्यता भएका सबैले काठमाडौंमा आएर तोकिएको शुल्क बुझाई प्रतिनिधि बन्न सक्ने जानकारी दिइन् ।
।