लालीगुराँसले अहिले पहाडी क्षेत्रका वनपाखा राताम्य भएका छन् । पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखासँगै गाउँबस्ती नै झिलिमिली बनाएको छ ।
.jpg)
गोरखा जिल्लाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगललाई लाली लगाउँदै सुन्दरता बढाइरहेको छ। जसका कारण सो क्षेत्रमा पर्यटकको आर्कषण बढ्न थाएको छ ।
.jpg)
रातो, गुलाबी, सेता र पहेंला लगायत प्रजातिका गुराँस यहाँ पाइन्छ । जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्नुका साथै यस क्षेत्रलाई शोभनीय पनि बनाएको छ ।
.jpg)
.jpg)