काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देशमा कोही पनि केही गर्नका लागि डराउनु नपर्ने बताएका छन् । शनिबार गोरखा पुगेका पूर्वराजा शाहले कोही पनि केही गर्नलाई पनि डराउनु नपर्ने र देशको शान्ति कायमै रहोस् भन्दै सबैलाई सुख र समृद्धिको कामना गरे।
उनले अहिले देशमा शान्ति चाहिएको भन्दै कसैले पनि कसैको कुभलो चिताउन नहुने बताए ।उनले आफूलाई गोरखा आउन पाएर खुसी लागेको सुनाए ।
शनिबार बिहान १० बजे पूर्वराजा शाह गोरखा दरबारस्थित गोरखनाथ मन्दिरमा पुगेका थिए । त्यहाँ उनलाई मन्दिरका पूजारीहरूले स्वागत गरे । पूर्वराजा शाहले करिब २ घण्टा लगाएर गोरखनाथ र गोरखकाली मन्दिरमा पूजाअर्चना गरे ।