काठमाडौं । वीरगन्ज नर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियत (अनेरास्ववियु) की आर्जु राय विजयी भएकी छन् ।
शनिबार साँझ सम्पन्न मतगणना अनुसार उनी १०३ मत प्राप्त गर्दै विजयी भएकी हुन् । त्यस्तै सचिवमा नेपाल विद्यार्थी संघ (नेविसंघ) की मन्दिरा चिमोरिया विजयी भएकी छन् । उनले १०४ मत प्राप्त गरिन् ।
कोषाध्यक्षमा अनेरास्ववियुकै आसिका पौड्याल ११५ मत सहित विजयी भइन् । त्यस्तै प्रत्यक्षतर्फ अनेरास्ववियुका यशोदा विष्ट, सुनिता श्रेष्ठ, विशेषता शाही ठकुरी, प्रदिल घिसिङ र चाँदनी यादव विजयी भएका छन् । निर्वाचनमा कूल २ सय ७२ मत खसेको थियो ।