जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको १९ अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका छन्।
लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा रहेका २३ वटा स्वास्थ्य संस्था अनुगमन गरेकोमा मापदण्ड र अनुमतिपत्र विना सञ्चालित १९ अस्पताल तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।
राज्यमा स्वास्थ्य सेवा सञ्चालन गर्दा मापदण्डको पूर्ण पालना अनिवार्य रहेको भन्दै मुख्यमन्त्री सिंहले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा भएको लापरबाहीलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताए।