धनगढी । कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किएर घाइते भएकी मिना खड्काको उपचारको क्रममा मृत्यु भएको छ ।
चैत २ गते सिलिन्डर पड्किदा घाइते भएकी धनगढी उपमहानगरपलिका–६ मट्यारी बस्ने ३६ वर्षीया मिना खड्काको हिजो (शनिबार)कृर्तीपुर बर्निङ हस्पिटलमा मृत्यु भएको हो।
केही दिन अगाडी ग्याँस सिलिन्डर सकिएपछी नयाँ ग्यास जोडेर चेक गर्न खोज्दा लिक भएर आगो लागेको थियो । सोही दिन ३ जनालाई उपचारका लागी धनगढीमा रहेको निर्सग अस्पतालमा पर्याईएकोमा त्यहा उपचार सम्भव नभएपछी काठमाडौँको बर्निङ हस्पिटलमा पठाईएको थियो ।
सोही घटनामा घाइते भएका मृतककी छोरी २० वर्षीय चन्द्रा खड्का र ग्यास बिक्रेता स्थानीय व्यापारी ४० वर्षीय गोविन्द राज जोशीको उपचार भइरहेको छ।