काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।
पार्टीको शुक्रबार र शनिबार दुई दिन बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल बनाएको हो।
सदस्यमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको संयोजक चौधरी जानकारी दिए ।यसअघि जनमतले पनि तीन सदस्य कार्यदल बनाइसकेको छ।