काठमाडौं । नेपाल बीमा प्राधिकरणले यसअघि जारी गरेका निर्देशनलाई एकीकृत गर्ने कार्य भइरहेको अध्यक्ष शरद ओझाले बताएका छन् ।
आइतबार काठमाडौंमा ‘बीमा क्षेत्रको अबको बाटो विषयक अन्तरक्रिया कार्यक्रममा उनले बीमकहरूले प्राधिकरणबाट विगतमा जारी भएका निर्देशनलाई एकीकृत रूपमा ल्याइदिन गरेको माग सम्बोधन गर्न प्राधिकरणले काम गरिरहेको बताए ।
आफू प्राधिकरणमा आएको केही दिनमै निर्देशनलाई एकीकृत गर्नका लागि कमिटी बनाएर काम सुरु गरेको उनको भनाइ छ ।नियमावलीमा परेका विषयलाई निर्देशनबाट हटाउने र आवश्यक पुनरावलोकन भएको ठाउँमा समयानुकुल बनाउने उनले बताए ।
उनले दुई महिनाभित्र काम सकिसक्ने र बीमकलाई सहजता प्रदान गर्ने प्रतिबद्धता जनाए ।बीमा क्षेत्रको हितका लागि सम्पूर्ण स्टेक होल्डरको हित सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।