काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई संवैधानिक राजा बन्न लायक व्यक्ति नभएको टिप्पणी गरेका छन् ।
कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागले गरेको कार्यक्रममा आइतबार सभापति देउवाले संवैधानिक राजा बन्न लायक व्यक्ति नभएकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन् ।
‘नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन । ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्,’ देउवाले भने, देउवाले भने, ‘बरु राप्रपाले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।’
उनले ज्ञानेन्द्रलाई राजनीति नै गर्ने भए पार्टी खोल्न सुझाव दिए । पूर्वराजाले पार्टी खोले पनि त्यसमा सहभागी हुनेहरूले धेरै दुःख पाउने देउवाको भनाइ थियो ।