काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रेस चौतारीमा नेतृत्व चयन गर्दा एकजुट भएर सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । महासचिव पोखरेलले प्रेस चौतारीको १० औं राष्ट्रिय महाधिवेशनको आइतबार विराटनगरमा उद्घाटन गर्दै सर्वसम्मतिमा नेतृत्व चयन गर्दा नै प्रेस चौतारी बढी मजबुत र सुदृढ हुने बताए ।
महासचिव पोखरेलले प्रतिस्पर्धा र एकता कतिबेला गर्ने भन्ने विषय समयमा नै बुझ्न नसके त्यसले संगठन कमजोर हुन सक्ने र आगाामी दिनमा काम गर्न असहज हुने भएकाले समयमा नै विचार पु¥याएर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताए ।
महासचिव पोखरेलले हिजोको विभाजनको पीडा व्यहोरेकाहरु पनि फर्केर आएकाले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औल्याए । सर्वसम्मत नेतृत्व चयनमा जोड दिदै महासचिव पोखरेलले भने ‘आवश्यक प¥यो भने भानुभक्त ढकाल, राजेन्द्र गौतम तपाईंहरुको बीचमै रहनुहुन्छ । मलाई लाग्छ, उहाँलाई खोज्ने अवस्था नै नआओस् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नुहोला यो नै अहिलेको आवश्यकता हो । ’एकताबद्ध, छरितो र चुनौतीको सामना गर्नसक्ने गरी सशक्त संगठन बनाउन पोखरेलले आग्रह गरे ।