काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई कांग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् ।
मेयर बालेनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अव्यवस्थित बसोबास, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास कुरामै सीमित रहेको बताएका हुन् ।उनले आफूलाई हराउने नाममा देशलाई नहराउन पनि उपप्रधानमन्त्री सिंहलाई आग्रह गरेका छन् ।