काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइज हैदरावादले विजयी सुरुवात गरेको छ। आइतबार भएको खेलमा हैदरवादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो।
हैदरवादले दिएको २८७ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २४२ रनमात्र बनाउनसक्यो। राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाए। त्यस्तै सन्जु सैमसनले ६६, सिम्रोन हेटमेयरले ४२ र सुभम दुवेले ३४ रन बनाए।
यसअघि इशान किसनको शतकमा हैदरवादले ६ विकेटको क्षतिमा २८६ रन बनाएको थियो। इशानले ४७ बलमा ११ चौका र ६ छक्कासहित १०४ रन अविजित पारी खेलेका थिए। त्यस्तै ट्रेभिस हेडले ६७, नितिशकुमार रेडीले ३० र हेनरिक क्लासेनले ३४ रन बनाए। यसअघि यस सिजनको पहिलो खेलमा बैंगलोरले कोलकतालाई ७ विकेटले पराजित गरेको थियो।