विराटनगर । एमालेका नेताहरूले चुनाव नगराउने बताएपछि प्रेस चौतारीको अधिवेशनमा चुनाव गराउन माग राख्दै प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको महाधिवेशनमा काठमाडौँबाट नै अध्यक्ष र महासचिव टुङ्ग्याएको भन्दै उनीहरूले चुनाव गराउन माग राख्दै हस्ताक्षर गरेका हुन् । ओलीले प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीलाई बनाउन निर्देशन दिएका थिए।
अध्यक्षका प्रत्याशी राजेश राई निकटका व्यक्तिले सो हस्ताक्षर गरेको बताएको छ । ओलीले महासचिवमा अगाडि सारेका अधिकारी भने अघिल्लो पटक उनी प्रधानमन्त्री भएका बेला प्रेस संयोजक थिए।
अध्यक्ष ओलीले उद्घाटन गर्ने गरी कार्यक्रम तय गरिए पनि निर्देशन लागू नहुने भएपछि उनी आएनन् । महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्दै अहिले सङ्कटको अवस्था भएकाले सहमतिमा नेतृत्व चुन्न भनेका थिए।