दाङ । दाङको घोराहीमा रहेको प्लाइ उद्योगमा आगगाली भएको छ । खैरामा रहेको सांग्रीला प्लाइ उद्योगमा विद्युत सट भएर राती करिव साढे १ बजेदेखि आगो लागेको हो ।
आगो अझै नियन्त्रणमा आएको छैन। आगलागीका कारण प्लाइ बनाउन प्रयोग हुने काठ, कच्चा पदार्थ, मेसिनलगायतका सामग्री जलेर नस्ट भएको उद्योगले जनाएको छ ।
उद्योगमा आगलागी राती करिव साढे १ बजेदेखि लागेको र अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।
मानवीय क्षति भने भएको छैन। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहे पनि नियन्त्रणमा आउन सकेको छैन ।