काठमाडौं । नेपाल ल क्याम्पसमा स्थगित भएको स्ववियू निर्वाचन चैत १९ गते हुने भएको छ ।
निर्वाचन चैत १९ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म हुने निर्वाचन अधिकृत सहप्राध्यापक केशरमणि अर्यालले जानकारी दिएका छन् ।
यसअघि ५ गते हुने भनिएको चुनाव विद्यार्थी संगठनहरुको विवादका कारण स्थगित भएको थियो ।