काठमाडौं । माओवादीनिकट प्रेस सेन्टर नेपाल कर्णाली प्रदेशको तेस्रो अधिवेशनबाट अध्यक्षमा प्रतीक भट्टराई सर्वसम्मत चयन भएका छन्।
दुई दिनसम्म सञ्चालन भएको अधिवेशनले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो।सम्पूर्ण पदाधिकारी र सदस्यलाई सर्वसम्मत रुपमा अधिवेशनले चयन गरेको छ।
जसमा अध्यक्षमा प्रतीक इच्छुक शर्मा भट्टराई, उपाध्यक्ष खुलामा धर्मराज जिसी, उपाध्यक्ष उपेन्द्रप्रसाद न्यौपाने, समावेशी उपाध्यक्ष तुलसा रोका, महासचिवमा असोककुमार सिंह, सचिव तिलकराज वली, सचिव नरजन तामाङ्ग, सचिव जुनाकुमारी रावत, सचिव प्रिमा कुमारी विश्वकर्मा (प्रेरणा), सचिव तुलाराज चौलागाइ (आकाश), कोषाध्यक्ष कृष्ण शर्मा, लेखासमिति संयोजक प्रचण्ड खत्री, सदस्यमा गोविन्द विश्वकर्मा, विक्रम तिरुवा (सलिन), कल्पना रावत, सुनिल महरा, रमिता खड्का मगर, इन्द्रवहादुर बुढाथोकी, कालिवहादुर नेपाली, रमेश जैसी, टीकाराज उपाध्याय राकेश विक चयन भएका छन्।