काठमाडौं । जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँगको पार्टी एकता र अन्य विषयमा छलफल गर्न राष्ट्रिय परिषद् समितिको बैठक शुक्रबार बोलाएको छ।
पार्टी कार्यालय मध्य बानेश्वर नजिक सनराइज क्याफेमा शुक्रबार बिहान ९ बजेका लागि बैठक बोलाइएको बैठकमा दुई दलको एकता, संगठन छलफलका एजेण्डा रहेको प्रवक्ता डा.शरदसिंह यादवले जानकारी गराए ।
जनमत र नाउपाको एकता सहमति नजिक पुगेको छ। दुई दलको एकतापछि नागरिक जनमत पार्टी नाम राख्ने, अध्यक्ष डा.सीके राउत, संरक्षक रेशम चौधरी, सह अध्यक्ष रञ्जिता श्रेष्ठ, चुनाव चिन्ह ढकिया हुने गरी दुई दलले छलफल गरेका छन् ।