काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् ।सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईंटेललाई सीईओ नियुक्त गरेको हो ।
सर्टलिस्टमा परेका मध्येबाट सर्लाही हरिवनका ४५ वर्षीय लुईंटेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो । लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नोतत्तर गरेका छन् ।