काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्ना कर्मचारीलाई एक हप्ताभित्र तलब नआए कडा कदम चाल्ने चेतावनी दिएका छन्।
काठमाडौँ महानगरपालिकाको सरसफाई कर्मचारीहरू तीन महिनादेखि तलब नपाएपछि आक्रोशित भएका मेयर शाहले एक हप्तामा कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका हुन् ।
सरसफाई कर्मचारीहरूले पछिल्लो तीन महिनादेखि तलब नपाउँदा घर खर्च चलाउन कठिन भएको गुनासो गर्दै आएका छन् । तलब रोकिँदा उनीहरू समस्यामा परेका छन् भने कतिपयले बैंक तथा सहकारीमा ऋण लिने अवस्थामा पुगेका छन् । खासगरी आज विद्युत प्रधिकरणका कार्यकारी निर्देशकलाई हटाएपछि अहिले उनको आको्रशपुर्ण अभिव्यक्ति आएको हो ।