काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङ हटाएकोमा विरोध जनाएका छन् ।
लामो समयसम्म सामाजिक संजालमा निश्क्रिय रहेका लामिछाने, कुलमान हटाउने निर्णय सार्वजनिक भएसँग फेसबुकमा लाइब बसेका थिए ।
सरकारको निर्णयको विरोधमा उनले बत्ती निभाए र क्याण्डल बाले भने १ मिनेट २३ सेकेण्डसम्म मौन बसेका हुन् । उनले लाईभको क्याप्सनमा कसलाई राख्ने, कस्लाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिने लेखेका छन् ।