पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस स्ववियु चुनावमा अनेरास्ववियुको तर्फबाट विष्णु पोखरेलको प्यानलै विजयी भएको छ ।
स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए। स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४६९ मत प्राप्त गरिन्।
अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, अखिल छैठौंका मिलन सुनारले २८ मत ल्याए। स्ववियु सचिवमा अनेरास्ववियुका अनेरास्ववियुका विराट दुवाडी १४१३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत ल्याए। अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २९३ मत ल्याए।
कोषाध्यक्षमा एमाले अनेरास्ववियुका सन्दिका गुरूङ निर्वाचित भएन्। उनले १३०४ मत ल्याइन्। प्रतिस्पर्धी नेविसंघकी अभिषा यादवले ६४७ मत ल्याइन्। आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए। देशकै ठूलो क्याम्पस पिएन क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत छन्।