काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्पापिटल्सले लखनउ सुपर जायन्ट्स माथि १ विकेटको रोमाञ्चक जित निकालेको छ।
पहिले ब्याटिङ गर्दै लखनउले दिएको २ सय १० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी हुँदा ९ विकेट गुमाएर पूरा गर्यो। दिल्लीको जितमा आशुतोष शर्माले ३१ बलमा ६६ रनकव अविजित इनिङ खेले। उनी बाहेक भिपराज निगमले ३९ रन बनाउँदा ट्रिस्टन स्टब्सले ६६ रन बनाएका थिए। त्यस्तै फाफ डुप्लेसिसले २९ रन बनाए।
एक समयमा ७ रन जोड्दा ३ विकेट गुमाएको दिल्लीले ६५ रन जोड्दानै ५ विकेट गुमाएको थियो। यद्यपि पछिल्लो क्रमले संयमित इनिङ खेल्दा दिल्लीले सनसनिपूर्ण जित निकाल्यो।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउका लागि मिचेल मार्सले ७२ रन बनाएका थिए। त्यस्तै निकोलस पुरनले ७५ रन बनाउँदा डेभिड मिलरले २७ रनको इनिङ खेले। त्यस्ते एइडन मारक्रमले १५ रन बनाएका थिए। सुरुवातमा राम्रो प्रदर्शन गरेको लखनउको पछिल्लो क्रम भने लगातार विकेट पतनको सिकार भयो। उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो।
प्रतियोगितामा आज गुजरात टाइटन्स र पञ्जाब किंग्स बिच प्रतिस्पर्धा हुँदैछ। उक्त खेल साँझ ७:४५ मा गुजरातको घरेलु मैदान अहमदाबादमा हुनेछ।