काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङ मन्त्रिपरिषद् बैठकको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने भएका छन्।
सरकारबाट पदमुक्त भएको पत्र पाएको खण्डमा र समय भएसम्म मंगलबार नै आफू अदालत जाने तयारीमा रहेको घिसिङले जानकारी दिए।
‘अहिले बिभिन्न सञ्चार माध्यममा ब्रखास्तको समाचार आएको थाहा पाएको छु,’ उनले भने, ‘सरकारबाट पदमुक्त भएको पत्र पाएको छैन । यदी पदमुक्त भएको पत्र पाएको खण्डमा म अदालत जान्छु ।’
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊिर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको प्रस्तावमा घिसिङलाई हटाउने निर्णय गरेको थियोे । यद्यपि मन्त्रिपरिषद्कोे निर्णयबारे सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आधिकारिक निर्णय सार्वजनिक गरेका छैनन्।