काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा काठमाडौंमा पुतलादहन गरिएको छ ।
नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुले ऊर्जामन्त्री दीपक खड्काको पुतलादहन गरेका हुन् । विद्यार्थीले विश्वभाषा क्याम्पसबाट खड्काको पुतला जलाउँदै प्रदर्शन गरेका थिए । प्रहरीले हस्तक्षेप गरेर आगो निभाएको छ।