काठमााडौँ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सरकारले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भइरहेको छ । केही दल र उनीहरु निकट भ्रातृ संगठनलेविरोधका कार्यक्रम नै घोषणा गरेसँगै सरकारले त्यहाँ सुरक्षाकर्मी बढाएको हो।
त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो रुपमा उपस्थिति रहेको छ ।यसैबिच सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई नियुक्त गरेको छ ।