काठमाडौं । नेपाली बजारमा चार दिनदेखि लगातार सुनको मूल्यमा गिरावट आइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको छ ।
सुन तोलाको १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।यसअघि सोमबार सुन तोलामा ६ सय, आइतबार ९ सय र गत शुक्रबार १ हजार रुपैयाँले घटेको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।