काठमाडौं । सरकारले अब साइप्रसका सात विश्वविद्यालयमा मात्र पढ्न जान अनुमति दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ती सात विश्वविद्यालयका निम्ति मात्र वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) जारी गर्ने जनाएको छ । फ्रेड्रिक युनिभर्सिटी ,युरोपियन युनिभर्सिटी अफ साइप्रस युनिभर्सिटी अफ निकोसिया,यसुनिभर्सिटी अफ सेन्ट्रल ल्यान्क्यास्हायर, युनिभर्सिटी अफ साइप्रस,ओपन युनिभर्सिटी अफ साइप्रस र साइप्रस युनिभर्सिटी अफ टेक्नोलोजीमा मात्र पढ्न जान अनुमति दिने भएको छ
साइप्रसका अरू कुनै विश्वविद्यालय शैक्षिकस्तर मापदण्ड र वातावरणका हिसाबले उपयुक्त नभएको भन्दै परराष्ट्र मन्त्रालयले पत्राचार गरेको शिक्षाले जनाएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ९८ र ०८१ साउनदेखि असोज अन्तिमसम्म ११२ विद्यार्थीले साइप्रस जान एनओसी लिएका मन्त्रालयको तथ्यांक छ ।
