काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालको पाँचौं महाधिवेशन काठमाडौंमा हुने भएको छ । केहि दिन अघि बसेको सेन्टरको पदाधिकारी बैठकले यही चैत १६ र १७ गते काठमाडौंको थापागाउँमा रहेको काठमाडौं ब्यांकेटमा गर्ने निर्णय गरेको हो ।
पदाधिकारी बैठकले गरेका निर्णय सेन्टरले संगठनका पदाधिकारी तथा सदस्य, प्रदेश समिति, जिल्ला समिति र शाखा अध्यक्षलाई परिपत्र गर्दै महाधिवेशनको मिति र स्थलबारे संगठनको केन्द्रीय समितिको बैठकबाट तय गरिएको जानकारी गराएको हो ।
महाधिवेशनको पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको छ ।