जनकपुरधाम । मधेश प्रदेशसभाको बैठक विपक्ष र सत्तापक्षबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
प्रदेश सभा बैठक स्थगित गर्नुको मुख्य कारण विपक्षी दल माओवादी केन्द्र र अन्य दलहरूले प्रदेश सरकारमाथि उठाएको अनियमितता र सशर्त अनुदानको विषयमा प्राविधिक त्रुटिहरूको छानबिनको माग गरेपछि भएको हो ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशसभामा उठाइएका विषयहरूमा निष्पक्ष छानबिन हुनुपर्ने भन्दै सत्तापक्ष र विपक्षीबीचको छलफल बिना निष्कर्ष टुंगिएको बताए ।