काठमाडौँ ।नेपाल विद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एक समूहले कार्यकक्षमै प्रवेश गरी कुटपिट गरेका हुन् । डिजिटल बोर्डमा केपी चोर देश छोड लेखिएको थियो।
विद्युत् ग्राहकका लागि सूचना राख्ने गरिएको कार्यालयको डिजिटल बोर्डमा कसले, कसरी प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा लेख्यो भन्ने विषयमा छलफल गरिरहेका बेला कार्यालय प्रमुख श्रेष्ठलाई कुटपिट भएको बताइएको छ ।
करिब ३०-४० जनाको समूहले कार्यालयमा तोडफोड गर्दै कार्यालय प्रमुख श्रेष्ठलाई हातपात गरेको आरोप छ ।