काठमाडौं । काठमाडौंको त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन फेरि स्थगित भएको छ । निर्वाचनको सम्पूर्ण तयारी हुँदाहुँदै पनि विद्यार्थीको तालाबन्दीका कारण निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत डा। अङ्गदमणि गौतमले जारी गरेको सूचनामा उल्लेख छ।
‘मतदानका लागि वातावरण सहज नदेखिएको र केही विद्यार्थीले क्याम्पसको मुख्य द्वारमा पुनः तालाबन्दी गरेकाले’ अनिश्चितकालका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन समितिले मङ्गलबार साँझ जारी गरेको सूचनामा भनिएको छ ।
त्रिचन्द्रको स्ववियु अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । ५ चैतमा चुनाव हुन नसकेपछि १३ गतेका निर्वाचन तोकिएको थियो ।