काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षीहरूले प्रतिनिधि सभा बैठक अवरोध गरेपछि सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन् ।
बुधबार बिहान बसेको बैठकमा अवरोध भएपछि ३० मिनेटका लागि रोकेर सभामुखले थालेको छलफल अहिलेसम्म निष्कर्षमा पुगेको छैन ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ बर्खास्ती प्रकरणमा विपक्षीले सदन घेरेपछि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षी प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेको एमाले सांसद पदम गिरीले बताए ।
प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङलाई सोमबार बर्खास्त गरिएपछि विपक्षी दलहरूले जनताबीच लोकप्रिय र लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेका लाई सरकारले प्रतिशोध साँधेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागिएको छ ।