काठमाडाैं । गृहमन्त्री रमेश लेखकले समाजमा लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्नुपर्छ भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन् ।
जुद्ध वारुणयन्त्र भक्तपुरको नवनिर्मित भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाए ।उनले गणतन्त्रले केही पनि गर्न सकेन भन्ने आरोपको खण्डन गर्दै जनताको आवाज सुन्ने व्यवस्था नै लोकतान्त्रिक गणतन्त्र भएको बताए ।
२०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक कूको प्रसङ्ग कोट्याउँदै राजतन्त्रको पहिलो निशाना सञ्चारमाध्यम बनेको उनले बताए । लोकतान्त्रिक गणतन्त्रले गरेका कामको सञ्चारमाध्यमहरुले प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ ।