काठमाडौँ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन गरेका छन्।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ नदिएसम्म हाउस चल्न नसक्ने बताएका छन्।
प्रचण्डले प्रधानमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिएमात्रै सदन खुल्ने बताए। यो आरोप बेइमानीपूर्ण र आपराधिक प्रचार बाहेक केही नहुन स्पष्ट पारे।