काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाएको बिषयमा जवाफ दिन आवश्यक नरहेको बताएका छन् ।
राष्ट्रिय युवा सङ्घ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय स्वयंसेवक भेलामा प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रोएको टिप्पणी गरे ।
एकजनालाई हटाएर अर्कोलाई नियुक्ति गर्नु नै प्रधानमन्त्रीको जवाफ भएको उनको भनाई थियो । प्रधानमन्त्री ओलीले अरुलाई सहयोग हुने गरि जसलाई भन्यो त्यसैलाई नियुक्ति गर्ने काम सरकारको नभएको जिकिर गरे ।