काठमाडौँ । हुम्ला जिल्ला केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ७ बजेर ४४ मिनेट जाँदा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का महसुस हुम्ला र आसपासका जिल्लामा भएको छ।हालसम्म कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।