काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा साविक च्याम्पियन कोलकाताले आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ।
बुधबार राति भएको खेलमा राजस्थानले दिएको १ सय ५१ रनको लक्ष्य कोलकाताले १५ बल बाँकी हुँदै ८ विकेट गुमाएर पूरा गर्यो।
२ विकेटको रवाफिलो जित निकाल्ने क्रममा कोलकाताका लागि क्विन्टन डिककले ९७ रनको नटआउट सानदार इनिङ खेले। उनले आफ्नो इनिङमा ६१ बलको सामना गर्दै ८ चौका र ६ छक्का प्रहार गरेका थिए।त्यस्तै, अजिंक्य रहाणेले १८ रन बनाउँदा अङ्कृष रघुवंशीले २२ रन बनाएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो। उसका लागि धुर्व जुरेलले ३३ रन बनाउँदा यशस्वी जैसवालले २९ रन बनाएका थिए। त्यस्तै रियान परागले २५ रन तथा यशस्वी जैसवालले २९ रन बनाएका थिए।प्रतियोगितामा आज सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स हैदराबादको मैदानमा राति ७:४५ मा प्रतिस्पर्धा हुनेछ।