काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धिसम्बन्धी नयाँ घोषणा गरेका टन् । उनले अमेरिकामा आउने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत महसुल लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ ।
ट्रम्पले नयाँ कर योजना आउँदो अप्रिल २ देखि लागू हुने बताए । कारको पार्टपुर्जामा लाग्ने शुल्क भने ‘मे’ महिना वा त्यसपछिदेखि मात्र लागू हुने खबरमा उल्लेख छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो कदमले कार उद्योगमा सकारात्मक परिवर्तनसँगै हुने दाबी गर्दै अमेरिकामा रोजगारी र लगानी पनि बढाउने वाचा गर्नुभएको छ । तर ट्रम्पको यो कदमले विश्वव्यापी व्यापार युद्ध शुरू हुने सम्भावना बढाएको छ ।
विज्ञहरुका अनुसार ट्रम्पको यो कदमले अमेरिकामा महत्त्वपूर्ण कार उत्पादनलाई अस्थायी रूपमा रोक्न सक्ने, मूल्य बढ्न सक्ने र सहयोगी राष्ट्रहरूसँगको सम्बन्धमा तनाव निम्त्याउन सक्ने छ ।
अमेरिकाले गएको वर्ष लगभग ८० लाख कार आयात गरेकामा २ सय ४० बिलियन अमेरिकी डलरको कारोबार गरेको थियो । अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी परेका छन् ।ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति शृङ्खलालाई असर गर्ने खतरा छ ।