काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेको हो ।
बिहीबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ७३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । बुधवार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधवार २ हजार २० रुपैयाँ कायम भएको हो ।