काठमाडौं । बिहीबार बिहान ११ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठक २ बजेका लागि स्थगित भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भएपछि बैठक बुधबार स्थगित भएको थियो ।
तर प्रमुख प्रतिपक्षीसहितका दलले अवरोध गरेपछि आज २ बजेका लागि सरेको हो ।
यसअघि संसद् सुचारुको प्रयासस्वरुप सभामुख घिमिरेले प्रमुख दलका प्रमुख सचेतकहरूसँग संसद् भवनमा छलफल गरेका थिए ।
