वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु सभापतीमा राज कुमार यादव निर्वाचित भएका छन् । बिहीबार दिउँसो सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार स्ववियु सभापतिमा यादव १ हजार १ सय १५ मतका साथ निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेविसंघका सभापतिका उम्मेदवार विकास मण्डल धानुकले ६५३ मत पाए। समाजवादी विद्यार्थी युनियनका उम्मेदवार हरि किशोर यादवले ५६२ मत, सुधीर पटेल समूहका कमलेश कुमार यादवले ४५० मत र अनेरास्ववियुका पवन यादवले ३८६ मत पाएका छन्। सभापति पदमा १४ जना प्रतिस्पर्धामा थिए।
१६ वर्षपछि ठाकुरराम क्याम्पसमा चैत ५ मा भएको निर्वाचनमा कुल १० हजार ७२९ मतमध्ये ४ हजार २९९ मत खसेको थियो। चैत ५ मा भएको निर्वाचनको मतगणना चैत ६ गतेदेखि सुरु भएकोमा एउटा मतपेटिकाको सिल नम्बर फरक परेपछि विवाद भई चैत ७ गतेदेखि मतगणना रोकिएकोमा बुधबार अपरान्हदेखि फेरि सुचारु भएको थियो।