काठमाडौँ । बिहीबारलाई तय भएको प्रतिनिधिसभा बैठक भोलि शुक्रबारका लागि सरेको छ । पहिले बिहीबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर दिउँसो २ बजेका लागि सारिएको थियो । तर, दिउँसो पनि बैठक बस्ने अवस्था नभएपछि सभामुख देवराज घिमिरेले शुक्रबार बिहान ११ बजेका लागि बैठक तय गरेका हुन् ।
विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएकोले बैठक भोलिलाई सारिएको संघीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिएका छन् ।
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएपछि विपक्षी दलले विरोध गरिरहेका छन् । विपक्षीको अवरोधका कारण बुधबार प्रतिनिधिसभा बैठक नियमित प्रक्रियामा प्रवेश नगरी बिहीबारका लागि सारिएको थियो । तर, बिहीबार पनि बैठक बस्न सकेन ।