काठमाडौं । चलचित्र विकास बोर्डको सदस्य पदमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् ।
अन्तर्राष्ट्रिय चलचित्र प्रवर्धन समितिको सदस्य समेत रहेका लोहनी बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सदस्यमा नियुक्त भएका हुन् ।
२०४९ सालबाट फिल्म ‘अपमान’मा अभिनय गर्दै करिअर थालेका उनले फिल्म र टेलिभिजन कार्यक्रमको अभिनय, निर्देशन र निर्माणमा पनि सक्रियता दर्शाइरहेका छन् ।
‘अपमान’, ‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रममा पनि काम गरेका छन् ।